२५ जेठ, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका कार्यकर्ताले धनगढी उपमहानगरपालिकाका इन्जिनियरलाई दुव्र्यवहार गरेका छन् । उनीहरुले इन्जिनियर द्विजराज भट्टराई मंगलबार बिहान साढे ११ बजेतिर कार्यकक्षमा प्रवेश गरि कालोमोसो दलेका हुन ।

भट्टराईलाई कालोमोसो दल्नका लागि तीनजना माओवादी कार्यकर्ता आएको र इन्जिनियरलाई मासो दल्ने क्रममा हल्लाखल्ला भएपछि मोसो दल्ने माओवादी कार्यकर्ता भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कालो मोसो दल्ने दुई जना पैदल भागेको र एक जे ३ ब ६३५१ नम्बरको मोटरसाइकलमा फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

सार्वजनिक जमिन अतिक्रमणकारीबाट रकम असुलेको, कमिस खाएर मापदण्ड विपरितका घर नक्सा पास गरेको, उपमहानगरपालिकाको नयाँ भवन निर्माणमा लाखौँ रकम असुलेको र कार्यालय समयमा अफिसमा हाजिर भएर पदीय मर्यादालाई ख्याल नगरी गलत काममा संलग्न भएको लगायतका आरोप लगाउदै माओवादीले उनलाई कालोमोसो लगाएका उल्लेख छ ।

प्रतिकृया

प्रतिकृया