३० जेठ,काठमाडौ । रसुवा । रसुवामा रहेको पर्यटन बिकास तथा सञ्चार केन्द्र नेपाल को तेश्रो तथा रेडियो लाङटाङको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

रेडियो लाङटाङका अध्यक्ष नारायण चन्द्र सुवेदीको अध्यक्षतामा भएको साधारण सभाले पुनः सुबेदीकै अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती गठन गरेको छ । कार्यसमितीको उपाध्यक्षमा जितेन्द्र मान श्रेष्ठ, सचिवमा गीता न्यौपाने, कोषाध्यक्षमा भरत बहादुर लामा, र सदस्यहरुमा भैरबी ढुङ्गाना, बलराम न्यौपाने र शिवराम भण्डारी चयन भएका छन ।

कार्यक्रममा सामुदायिक सुचना नेटवर्क सिआई एनका कार्यक्रम संयोजक तथा रेडियो लाङटाङका लगानीकर्ता समेत रहेका सोहम सुवेदीले रेडियो लाङटाङले ब्यापारीक रणनिती निर्माण गरी शशक्त बजारीकरणमा प्राथमिकता दिनुपर्ने बताए ।

साधारण सभाले रेडियोका सबै लगानीकर्तालाई साधारण सदस्यता प्रदान गरिने निर्णय गरेको थियो । रेडियोका लगानीकर्ता, कार्यसमितीका सदस्यहरु र कर्मचारीहरुको सहभागिता भएको साधारण सभामा रेडियोका लगानीकर्ता तथा सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया