१ असार,काठमाडौ । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले महाप्रसाद अधिकारी, राधेश पन्त र सरोज कोइरालाको नाम लगानी बोर्डको सीईओका लागि सोमबार सिफारिस गरेको हो।

समितिले सिफारिस गरेका मध्ये एकजनालाई मन्त्रिपरिषद्को अर्को बैठकले लगानी बोर्डको सीईओमा नियुक्त गर्ने सम्भावना छ।

सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडा र पूर्वसचिव केशव भट्टराई सदस्य छन् ।

समितिका सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारी सदस्यसचिव रहेका छन् ।

समितिबाट एक नम्बरमा सिफारिस भएका अधिकारी राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनर हुन्। पन्त भने लगानी बोर्डका वर्तमान सीईओ हुन्। कोइराला वैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील छन्।

प्रतिकृया

प्रतिकृया