५ असार, काठमाडौं । फ्रान्सको पेरिसमा जारी युरोकप फुटबलको नेपालमा सट्टाबाजी अर्थात जुवा सञ्चालन भैरहेको छ । सट्टाबाजी एक प्रकारको जुवा हो ।

सट्टाबाजीमा संलग्नरहेको अभियोगमा महानगरीय प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । सट्टाबाजीका मुख्य नाइके भनिएका चन्द्रकान्त अग्रवाल भने फरार छन् । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले अग्रवाल र अन्य केही शंकास्पद व्यक्तिको फोन ट्रेस गरिसकेको भन्दै सट्टाबाजीको नेटवर्क ध्वस्त पारेर देखाउने दाबी गरे ।

वरिष्ठ उपरीक्षक थापाले जरिवाना र सजायँको मात्रा कम भएका कारण जुवाडेहरु सट्टाबाजीमा लाग्नबाट हतोत्साही नभएको भन्दै त्यस्ताकाममा लाग्नेहरुलाई जरिवाना र सजायँको मात्रा बढाइनुपर्ने बताएका छन ।
करोडौं रुपैयाँको सट्टाबाजीमा संलग्न व्यक्तिहरुलाई २ सय रुपैयाँ जरिवाना निकै कम भएको भन्दै जरिवाना र सजायँको व्यवस्था बढाउने गरी कानुन संशोधन गरिनुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए । तर, उनले कति र कस्तो प्रकारको सजायँ तथा जरिवाना गर्ने भनेर आफ्नो धारणा भने सार्बजनिक गरेनन् ।

जुवा ऐनमा जुवा खेल्नेहरुलाई २ सय रुपैयाँ जरिवाना तिराउने तथा दोस्रोपटक पक्राउ पर्नेलाई एक देखि ३ महिनासम्म थुनामा राख्ने व्यवस्था छ ।

प्रतिकृया

प्रतिकृया