१० असार, काठमाडौं । प्रधानमन्त्री ओलीले नेपालमा संविधान जारी भएसंगै अधिकार प्राप्तीका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन ।

शुक्रबार काठमाडौंमा नेपाल उद्योग परिसंघको आयोजनामा सुरू भएको नेपाल निर्माण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलन गर्ने गर्ने आवश्यक नभएकाले नेपालमा ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले व्यवसायीहरुले भोग्दै आएका सबैखाले अडचन र व्यवधानहरू हटाउन सरकार प्रतिबद्ध रहेको र लगानीका लागि नहिच्किचाउन व्यवसायीहरुसँग आग्रह गरेका छन ।

सरकारले लगानीकर्ताहरुका लागि कानूनी अप्ठेरा फुकाउनेदेखि सुरक्षाको प्रत्याभूति दिलाउनेमा विश्वस्त हुन आग्रह गरे । उनले दुई ठूला बजार भारत र चीन नजिकै रहेको अवस्थामा लगानीकर्ताहरुका लागि समेत नेपाल उपयुक्त थलो भएको बताए

प्रतिकृया

प्रतिकृया