१३ असार, काठमाडौ । सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्नलाई जन्मकैद  फैसला सुनाएको छ । जिल्ला अदालत ललितपुरले उनीहरुलाई जन्मकैद फैसला सुनाएको हो ।

न्यायाधीश ओमप्रसाद अयार्लको इजलासले योजनाकार थापा र दीपककुमार कर्णलाई जन्मकैदको फैसला सुनाएको हो । शुटर करण भन्ने शिव चौधरी र संजय स्माइली मगरलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाबुसहित चार जनालाई २०७१ साल पुसमा पक्राउ गरेको थियो । संजय भने भागेर साउदी पुगेका थिए । बैदेशिक रोजगारीका क्रममा त्यहाँ पुगेका उनलाई प्रहरीले त्यही वर्ष चैतमा पक्राउ गरेको थियो । २०६९ जेठ १८ गते न्यायाधीश बमको गोली हानेर हत्या भएको थियो ।

प्रतिकृया

प्रतिकृया