१५ असार,काठमाडौ । राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार कास्कीका इमानबहादुर गुरुङले पाएका छन । भैँसीपालन गर्दै आएका गुरुङलाई बुधबार राष्ट्रिय राष्ट्रिय धान दिवसको अवसर पारेर दुईलाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो ।

यस्तै रामेछापका रंगदान तामाङ, झापाकी देवीकुमारी ओली, बर्दियाका शरमा चौधरी र कैलालीका विनोद साह उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन । उनिहरु चारै जनाले एक एक लाख रुपैयाँ पुरस्कार पाएका छन ।

रामेछापका तामाङले एकीकृत खेती गर्दै आएका छन भने ओलीले झापामा मौरीपालन गर्छन । यस्तै बर्दियाका चौधरीले खाद्यान्न र बीउ तथा कैलालीका साहले केरा खेती गर्छन ।

उत्कृष्ट भएका किसानलाई सम्मान गर्दै कृषि मन्त्री हरिबोल गजुरेलले सबै किसानलाई उत्कृष्ट बनाउनु पर्ने बताए । उनले अब प्रदेशपिच्छै सर्वोत्कृष्ट र उत्कृष्ट किसान छान्ने योजना सरकारले बनाएको जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया