१८ असार, चितवन । भारी वर्षापछि खसेको पहिरोले बन्द भएको र बाढीले भत्काएको बाटो मर्मतसँगै चितवनको दुवै स्थानमा यातायात सञ्चालन भएको छ ।

पहिरोका कारण चितवनको मुग्लिन सडक शुक्रबार दिनभर अवरुद्ध भएको थियो भने दक्षिण माडी, डोरी नारायणगढ सडक बाढीले भत्काएर अवरुद्ध भएको थियो ।

मुग्लिन सडकमा खसेको चार वटा पहिरो पन्छाएर गएरातिबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सडकको ४ किलो, पाँच किलो, ९ किलो र घुमाउने भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको थियो ।

यस्तै माडी, ठोरी नारायणगढ सडक भने साँझ ६ बजेतिर खुलाइएको प्रहरीले जनाएको छ । माडीमा भत्किएको सडक मर्मत गरेर गाडी चलाइएको हो ।

शुक्रबार माडीको खोलामा खतराको बिन्दु नाघेर स्थानीयलाई सतर्क हुन आह्वान गरिएको थियो । तर वर्षा घटेपछि त्राससमेत घटेको छ ।

प्रतिकृया

प्रतिकृया