२२ असार, नेपालगन्ज । अबैध रुपमा ल्याउदै गरेको एक किलो ६५० ग्राम चाँदी र झण्डै तीन तोला सुनसहित सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको रोहनी खोला नजिकैबाट नेपालगञ्ज–५ का रामसेवक बर्मालाई पक्राउ गरिएको हो । बर्माको साथबाट नियन्त्रणमा लिएको सुनको मूल्य एकलाख ६२ हजार रुपैयाँ तथा चाँदीको मूल्य एक लाख २९ हजार रुपैयाँ पर्छ ।

प्रतिकृया

प्रतिकृया