२५ असार,काठमाडौ ।अन्तत जिस्मले शुक्रबार फिल्म सार्वजनिक गर्न अनुमती पनि पाएको छ । फिल्मका निर्देशक राजु गिरीका अनुसार यो फिल्म १६ बर्ष मुनीकाले हेर्न पाउने भने छैनन् । सुचना तथा सञ्चार मन्त्रालयले एडल्ट सर्टिफिकेट दिएको हो । फिल्मका कुनैपनि दृष्य सेन्सर बोर्डले नकाटेको उनले दावी गरे ।  देशभरका हलहरुबाट एकैसाथ प्रशारणमा आउन लागेको यो फिल्मबाट निर्देशक गिरी उत्साहित छन ।

केहीदिन अघिमात्र फिल्मको अर्को  रोमान्टिक गीत रिलिज भएको थियो । राजु गिरीलाई  अर्चना पनेरुलाई चलचित्रमा खेलाएपछि यसले विभिन्न खालको विवादको सामाना गर्नुपरेको थियो ।
चलचित्र ‘छेस्को’ पूर्ण रुपमा असफल भएपछि अर्चनाको हल्ला पनि सेलाएको छ । यसले ‘जीस्म’लाई कत्तीको असर पार्छ, त्यो असार ३१ गते नै थाहा हुनेछ ।

प्रतिकृया

प्रतिकृया