२५ असार, काठमाडौ  । बर्तमान सरकार रािष्ट्रय सहमतिको सरकारको पक्षमा रहेको सूचना तथा सञ्चार मन्त्री शेरधन राइले बताएका छन ।
नेपाल पत्रकार महासंघ भक्तपुरको कार्यक्रममा बोल्दै मन्त्री राईले बर्तमान सरकार राष्ट्रिय सहमतिको सरकारका लागि बाधन नभएको बताएका छन । मन्त्री राइले भने ‘हामी राष्ट्रिय सहमतिको पक्षमा छौ, प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको आव्हान गर्दै आउनुभएको हो, राष्ट्रिय सहमतिको ढोका अहिले पनि खुल्ला छ ।’
कसैले चाहेर र बोलेको भरमा राष्ट्रिय सहमति कायम नहुने बताउँदै उहाँले भन्नुभयो ‘राष्ट्रिय सहमतिका लागि सरकारले तयार गरेको रोड म्यापमा उभिनु पर्छ, राष्ट्रिय आवश्यकता, संविधान कार्यान्वयनको जगमा सहमति जुट्न सक्छ भने सरकार सहमतिको लागि तयार छ ।’
मन्त्री राइले विगतको भद्र सहमति, १६ बुँदे सहमति, संविधानले निर्देश गरेको मार्ग र नागरिकको आकांक्षालाई फर्केर हेरेर आत्माआलोचना गर्दै सहमतिमा आउन नेपाली कांग्रेसलाई आग्रह समेत गरेका छन ।

प्रतिकृया

प्रतिकृया