२९ असार,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भएपछि कांग्रेसले बुधबार सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ ।

संसद बैठक सुरु हुने बेलासम्म प्रधानमन्त्रीको राजीनामा कुर्ने र राजीनामा नआएमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए ।

सत्ता गठबन्ध अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीसँग सदनलाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने या सदनमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने विकल्प छ । तर प्रधानमन्त्री ओलीले राजीनामा नगर्ने र विश्वासको प्रस्ताव सामान गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
वर्तमान सत्ता टिकाउन मरिहत्ते गरेर नलाग्ने पनि उनले बताए। संसद बैठकअघि एमाले स्थायी समितिको बैठक पनि बस्दैछ । माओवादी बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।

संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक विधेयक पारित गर्ने कार्यसूची भएपनि कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरेमा कार्यसूची परिवर्तन हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया