३१ असार,काठमाडौ । झापा र मोरङका शरणार्थी शिबिरबाट संयुक्त राज्य अमेरिकामा पुनर्वास भएका भुटानीहरुको संस्था सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित वासिङ्टनस्थित राष्ट्रसंघिय शरणार्थी आयोगका वरिष्ठ पुनर्वास अधिकृत ल्यारी योंकले नेपालका शिबिरमा रहेका १५ हजार बढिमध्ये झण्डै ९ हजार भुटानी बिभिन्न कारणले पुनर्वास हुन नसक्ने बताए ।

हाल अमेरिका बाहेकका अन्य मुलुकले भुटानी शरणार्थी पुनर्वासमा चासो नदेखाएको उल्लेख गर्दै योंकले भने “तर शिबिरमा रहेकाहरुलाई यहाँ पुनर्वास भएकाहरुले निम्त्याउन सक्ने अवस्था कायमै रहनेछ ।” अमेरिकाका दुईदर्जन राज्यका पुनर्वास भुटानी प्रतिनिधिले सिनसिनाटीस्थित होटल मेरिओटमा गरेको अलग्गै अन्तरकृयामा उनले भने “हामी शरणार्थीको मानविय सहायतामा सँँधै ध्यान दिनेछौं ।”

हालसम्म एकलाख ३ हजार दुईसय १२ भुटानी नेपालबाट अमेरिका सहितका आठ पश्चिमी देशमा पुनर्वास भएका छन् । पुनर्वासमध्ये सर्वाधिक ८७ हजार ५१७ अर्थात ८७ प्रतिशत अमेरिकामा पुनर्वास भएका छन् ।

प्रतिकृया

प्रतिकृया