४ साउन,काठमाडौ । नेपाली काग्रेसका नेता रामहरी खतिवडाले २६ महिनामा १६ लाख ६५ हजार रुपैया जिल्लाका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई वितरण गरिसकेका छन । खतिवडाले आफनो २६ महिनाको सम्पूर्ण तलव कुल १६ लाख ६५ रुपैयाँ गाउँका नाममा खर्च गरेको विवरण सोमबार सार्वजनिक गरेका हुन । सोमबार विवरण सार्वजनिक गर्दै खतिवडाले भने, ‘मलाई माननीय बनाउने मेरो जिल्लाका आदरणिय आम–बुवा दाजुभाई दिदी बहिनी हुन , त्यसकारण म २६ महिना सम्मको तलब गाँउमा नै वितरण गर्न चाहान्छु ।’

२०७० सालको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं २ बाट नेपाली कांग्रेसको तर्पmबाट खतिवडा निर्वाचित भएका थिए । आफु निर्वाचित हुनुमा ओखलढुंगेली जनताको ठूलो हात र सहयोग भएको कारण सांसदका नाताले पाउने तलबको भागिदार आफु नभएर ओखढुंगेली जनता भएको भन्दै उक्त रकम जिल्लामा बाडेको बताएका छन ।
चुनाव जितेर भष्ट्रचारमा लिप्त हुने नेतालाई खतिवडाको यो कार्य चोटीलो प्रहारको रुपमा सावित भएको छ । चुनाव जितेपछि सबैभन्दा पहिलो आफनो दुनो सोझाउने नेताहरुलाई खतिवडाले गतिलो उदाहरण दिएका छन ।
आफनो सबै तलब बाडेर के खान्छन त रामहरी ?
आफनो सम्पूर्ण तलब बाडेर आफु रित्तै भएका रामहरी के बाट आफनो घरायसी खर्च गर्छन त भन्ने पनि जनचासो बन्न सक्छ । रामहरीलाई खर्च गर्नका लागि सांसदको तलब नै कुर्नु पर्दैन उनी आफै व्यवसायी हुन । उनले विभिन्न रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा उनको लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानीबाट खतिवडाले खर्च गर्ने गरेका छन ।
खतिवडाले वितरण गरेको आफ्नो तलवको विवरण यस प्रकार छ ।

१ बल बहादुर रार्इ सालीक निर्माण ५० हजार ओखलढुङ्गा
२ कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिस्ठान ५० हजार ललितपुर

३ दिपप्रसाद खतिवडा क्यान्सर खर्च बारम्बार गरी ५० हजार
४ शान्ता उपन्यास लेखक पुरुसोतम दाहाल ५० हजार
५ वाक्सा बत्ती दुवानी खर्च ८० हजार
६ उबु गाबिस खुल्ला दिशा मुक्त कार्यक्रम ४० हजार
७ केतुके पुस्तकालय ५० हजार
८ मानेभन्ज्याङग उच्च मा बि ४० हजार
९ धिमिले नि मा बि ४० हजार
१० मुलखर्क पारा मा बि ४० हजार
११ पलापु उच्च मा बि कपि कलम ५१ हजार
१२ पुनटार मन्दिर १० हजार
१३ पोकलि मा. बि. ४० हजा
१४ टारकेरबारि सिचाइ पाइप ५६ हजार
१५ यसम नि मा बि वर डाडा ५० हजार
१६ नरबदेशोर ट्रान्समिटर्र ्किन्न ५६ हजार
१७ घोराखोरी – १ गुम्बा संरक्षणका लागि ५० हजार
१८ फुलबारी खानेपानी ४० हजार
१९ बिलन्दु गुम्बा संरक्षणका लागि ४० हजार
२० रगनि चिप्लेटि स्कुल ५० हजार
२१ श्रीचौर गुम्बा ५० हजार
२२ रातमाटे कालिमाटि मा बि ४० हजार
२३ कटुन्जे गोपे भुकम्प पिडितलाइ खाधान्न १ लाख
२४ पारा भुकम्प पिडितलाइ खाधान्न २ लाख
२५ रामपुर खेल मैदान १ लाख
२६ नख्खु जेलमा लिला ठगि र गोकर्ण शालिकलाइ ४० हजार
२७ सिहदेबि गा बि स को आगलागि पिडित ८४ हजार र मन्दिर्लाइ ८ हजार
२८ गाम्नाङ्टार गा बि स को ग्रामोन्ति नि मा बि लाइ १ लाख

प्रतिकृया

प्रतिकृया