१० साउन, काठमाडौ । १६ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीले सोमबार अनसन तोडेका छन । अस्पतालका विरामी सरोज नेपाली र छेवाङ नोर्गे लामाको हातबाटजुस पिएर डा. केसीले अनसन तोडेका हुन । यस अघि डा शैलेन्द्र उप्रेतीको हातबाट जुस पिएर अनसन तोडने भनिएपनि केसीले विरामीको हातबाट जुस पिएर अनसन तोडेका हुन । डा केसीले सोमबार दिउसो २ बजे पत्रकार सम्मेलन गरी अनसन तोडेका छन ।
चिकित्सा शिक्षा ऐन संशोधनमा सरकारसँग सहमति भएपछि केसीले अनसन तोडेका हुन । चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग्दै केसी असार २६ गते अनसनमा बसेका थिए । कार्कीलाई महाअभियोग लगाउनेबारे संसदमा विषय प्रवेश गरिसकेको छ ।

प्रतिकृया

प्रतिकृया