२१ साउन,जाजरकोट । सरकारले भाडा घटाएको भन्दै तीन दिनदेखि जाजरकोटका यातायात व्यवसायीले यातायात सेवा बन्द गराएका छन् । बन्दका कारण जाजरकोट सदरमुकाम खलंगा भित्रिने र बाहिरिने सबै यातायातका साधन ठप्प भएका छन् । यातायात सेवा नचल्दा यात्रुहरु अलपत्र परेका छन् । तर यातायात सञ्चालनका लागि अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल गरेको छैन ।

गन्तब्यमा जानको लागि जिल्लाका ग्रामिण भेग र डोल्पाबाट आएका यात्रुहरु सदरमुकाममै अलपत्र परेको जाजरकोट रग्दाकी माया रावतले बताउनुभयो । छोराको उपचार गराउन नेपालगञ्ज जाने भनेर एक दिन हिँडेर सदरमुकाम आएपनि गाडी नचलेपछि आफु तीन दिन देखि सदरमुकाममै अलपत्र परेको उहाँको गुनासो छ ।

यातायात ब्यवस्था विभागले छिन्चु जाजरकोट सडकको राकम खलंगा खण्डलाई यातायात सञ्चालन गर्न अनुमति दिए सँगै एक हप्ताअघि सरकारी भाडादर कायम गरिएको थियो । यसअघि मनोमानी रुपमा भाडा उठाउँदै आएका

ब्यवसायी नयाँ भाडादर कायम सँगै विरोधमा उत्रिएका हुन् ।

प्रतिकृया

प्रतिकृया