३ भाद्र,काठमाडौ । ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकाको शिर्ष स्थानमा अमेरिका कायम छ । अमेरिकाले अहिलेसम्म ३३ स्र्वण, ३३ रजत र ३१ कास्य गरी ९७ पदक जितेको छ । दास्रो स्थानमा बेलायत छ । बेलायतको २१ स्वर्ण, २१ रजत र १३ कास्य छ गरी ५५ पदक हात पारेको छ ।

त्यस्तै पदक तालिकाको तेस्रो स्थानमा रहेको चीनको २० स्वर्ण, १६ रजत र २२ कास्य गरी ५८ पदक छ । जर्मनी पदक तालिकाको चौथो स्थानमा रहेको छ । जर्मनीले अहिलेसम्म १३ स्वर्ण, ८ रजत र ११ कास्य गरी ३२ पदक जितेको छ । पाँचौ नम्बर रसिया छ । रसियाले १२ स्वर्ण, १४ रजत र १७ कास्य हात पारेको छ । छैटौं स्थानमा रहेको जापानको १२ स्वर्ण, ६ रजत र १८ कास्य गरी ३६ पदक छ । त्यस्तै सातौं स्थानमा रहेको फ्रान्सको ८ स्वर्ण, ११ रजत र १३ कास्य गरी ३२ पदक छ ।

आठौं स्थानको इटालीको ८ स्वर्ण, ९ रजत, र ६ कास्य गरी २३ पदक छ । नौं स्थानमा रहेको नेदरल्याड्को ८ स्वर्ण, ४ रजत र ३ कास्य गरी १५ पदक छ । यस्तै ७ स्वर्ण, १० रजत, १० कास्य गरी २७ पदक सहित अष्ट्रेलिया दशौं स्थानमा छ ।

७ स्वर्ण, ३ रजत, ७ कास्य सहित १७ पलकका साथ साउथ कोरिया ११ औं स्थानमा छ । हंगेरिको पनि ७ स्वर्ण, ३ रजत, ४ कास्य गरी १४ पदक छ । स्पेनको ५स्वर्ण, १ रजत र ३ कास्य गरी ९ पदक सहित १३ औं स्थानमा छ । न्युजिल्याण्ड ४ स्वर्ण, ८ रजत र ३ कास्य गरी १५ पदक सहित १४ औं स्थानमा छ । त्यस्तै ब्राजिलको ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी १५ पदक सहित १५ औं स्थानमा छ । केन्याको ४ स्वर्ण, ४ रजत गरी ८ पदक छ । क्यानडाको ४ स्वर्ण, २ रजत र १० कास्य गरी १६ पदक छ । क्रोएसियाको ४ स्वर्ण २ रजत र गरी ६ पदक छ ।

जमैकाको ४ स्वर्ण, २ कास्य गरी ६ पदक छ । काजकस्तानले ३ स्वर्ण ५ रजत र ७ कास्य गरी १५ अंक सहित २० औं स्थान ओगटेको छ । त्यस्तै क्युवाको ३ स्वर्ण, २ रजत र ४ कास्य गरी ९ अंक छ । अर्जेन्टिनाको ३ स्वर्ण १ रजत, युक्रेनको २ स्वर्ण, ४ रजत र २ कास्य, उत्तर कोरियाको २ स्वर्ण, ३ रजत र २ कास्य पदक छ । पोल्याण्डको २ स्वर्ण, २ रजत र ४ कास्य, बेल्जियमको २ स्वर्ण, २ रजत र २ कास्य छ । थाइल्याण्डको पनि २ स्वर्ण, २ रजत र २ कास्य छ । कोलम्बियाको २ स्वर्ण २ रजत र १ कास्य छ । उजेकिस्तान २ स्वर्ण, १ रजत र ५ कास्य सहित २९ औं स्थानमा छ । ग्रिसले २ स्वर्ण, १ रजत र २ कास्य हात पारेको छ । स्विटजरल्याडको २ स्वर्ण, १ रजत २ कास्य पदक छ ।

इरानको २ स्वर्ण र २ कास्य पदक छ । त्यस्तै डेनमार्क, साउथ अफ्रिका, स्विडने, बेलारुस, अर्मनी, साइबेरिया, स्लोभानिया, इन्डोनेसिया, चेक रिपब्लिक, इथोयोपिया, जर्जिया, रोमानिया, बहराइन, स्लोभाकिया, भियतनामले एक एक वटा स्वर्ण हात पारेका छन् । त्यस्तै चाइनिज तिपेली, इन्डेपेडेन्ट ओलम्पिक एथलेटिक्स, बहमास, फिजी, कोसोभो, पोर्तु रिको, सिंगापुरले पनि एक एक स्वर्ण पदक हात पारेका छन् ।

प्रतिकृया

प्रतिकृया