३ भाद्र,काठमाडौ । शुक्रबार सुदूरपश्चिममा धेरै पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । मध्य भारतमा बनेको न्युनचापीय क्षेत्र सुदूरपश्चिम नजिकै सरेकाले शुक्रबार त्यसक्षेत्रमा धेरै पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार अरु ठाउँमा भने क्षणिक वर्षाको सम्भावना छ । सामान्यतया सेप्टेम्बर २३ तारिखसम्म नेपालमा मनसुन रहन्छ । अहिलेको अवस्था हेर्दा भारतमा बनेको न्यूनचापीय क्षेत्र नेपाल माथि सरे वा निश्क्रिय नभएसम्म नेपालमा धेरै पानी पर्ने सम्भावना नभएको श्रोष्ठले बताए ।

प्रतिकृया

प्रतिकृया