४ भदौ,काठमाडौ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार राति भएको लिगको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्यामप्टनलाई २–० ले हरायो ।

युनाइटेडको जितमा दुवै गोल यही सिजन क्लब आएका जाल्टन इब्राहिमोविचले गरे । युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा इब्राहिमोविचले ३६ औं मिनेटमा कप्तान वायने रुनीको पासमा गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

यस्तै ५२ औं हाफमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै इब्राहिमोविचले युनाइटेडलाई २–० को जित दिलाए । बोर्नमाउथसँगको यो सिजनको लिगको पहिलो खेलमा पनि इब्राहिमोविचले एक गोल गरेका थिए ।

प्रतिकृया

प्रतिकृया