१० भदौ,काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको संविधान जनताको आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताएका छन ।

महोत्तरीको बर्दिवासमा विहिबार साँझ कार्यकर्तासँगको भेटघाटमा पूर्वप्रधानमन्त्री खनालले मुलुकको संविधानप्रति गर्व गर्न सक्नुपर्नेमा केही दल संविधानको धज्जी उडाउन लागिपरेको आरोप लगाए ।

अहिले पछिल्लो पटक काँग्रेस माओवादी गठबन्धन र मधेसवादी दलबीच भएको तीनबुँदे सहमति संविधान संशोधनका लागि नभएर सत्ता आरोहणको अभ्यास मात्र रहेको विचार उनले व्यक्त गरे। सरकारले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशङ्का बढाएको खनालको भनाइ थियो ।

प्रतिकृया

प्रतिकृया