काठमाडौं । हिन्दु राष्ट्रको माग गर्दै खुल्लामञ्चमा आमरण अनसनमा रहेका युवाहरुको स्वास्थ्य संगै देशको अबस्था नाजुक बन्दै गईरहेको छ ।
नेपाल हिन्दु युवा मञ्चले आयोजना गरेको नेपाल हिन्दु आमरण अनशनको दुई हप्ता हुन लाग्दा समेत पनि राज्यको ध्यान पुगेको छैन ।
हिन्दु राज्यको माग गर्दै खुल्लामञ्चमा सागर कट्वाल, प्रेमनिधि भारध्वज, खेमनाथ आचार्य र कमल जोशी आमरण अनशनमा छन् । कठोर अनसनका कारण उनीहरुको स्वास्थ्य नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

हिन्दु राष्ट्रको माग गर्दै खुल्लामञ्चमा जारी अनसनमा ऐक्यबद्धता जनाउनेहरु भने बढिरहेका छन् ।
युवा उठौं, जागौ नेपालको पहिचान, नेपालको स्वाभिमानको रक्षा गरौं, सनातन हिन्दु राष्ट्र कायम गरौं, सनातन हिन्दु राष्ट्र कायम गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय हिन्दु यूवा मञ्चले आगामी संविधानमा नेपाललाई सनातन हिन्दु राष्ट्र नेपाल घोषणा गर्नुपर्ने माग राख्दै गरेको आमरण अनसन जारी  छ ।
अनसनकारीहरुको मागका सम्बन्धमा सरकार भने गैरजिम्मेवार बन्दै गएको आरोप छ ।

राष्ट्रिय हिन्दु यूवा मञ्च नेपालले अब आउने संविधानमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने, गौ हत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानुनत बन्द हुनुपर्ने साथै सात बुदे माग रहेको छ ।
हिन्दु राष्ट्र घोषणा नभएसम्म अनसन नतोडिने अनसनमा सहभागि सागर कट्वालले बताएका छन् ।

‘ज्यान सम्म आहुती दिन तयार छौं’ कट्वालले भने ‘यो देशलाई हिन्दु राज्य नबनाए सम्म भोकै बस्छौं, अनसन जारी रहन्छ ।’

प्रतिकृया

प्रतिकृया