२५ भदौ,काठमाडौ । क्रिष्टियानो रोनाल्डो यो सिजनमा पहिलो पटक मैदान फर्किंदै छन् । युरो कप २०१६ को फ्रान्ससँगको फाइनलमा लागेको चोटका कारण मैदान बाहिर रहेका रोनाल्डो शनिबार बेलुका ला लिगा अन्तर्गत ओसासुनको खेलमा मैदानमा हुनेछन् ।

यो रोनाल्डोको सिजनको पहिलो खेल हो । चोटका कारण रोनाल्डोले रियल मड्रिडका तीन खेल खेल्न सकेनन् । युरो कप फाइनलको क्रममा फ्रान्सका दिमित्री पेयटसँग ठोक्किएपछि रोनाल्डोको घुँडामा चोट लागेको थियो ।

रियल मड्रिड र ओसासुनाबिचको खेल बेलुका पौने ८ बजे हुनेछ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने ‘रोनाल्डो टिममा फर्किएकोमा हामी निकै खुसी छौं । यो उनको सिजनको पहिलो खेल हो । उनी ६० दिनपछि मैदान फर्किँदै छन् ।’ रोनाल्डोले गएको सिजन ला लिगाका ३६ खेलमा ३५ गोल गरेका थिए । रोनाल्डोले चोटकै कारण पोर्चुगलबाट जिब्रालटारसँगको मैत्रिपूर्ण तथा विश्व कप २०१८ को छनौट अन्तर्गत स्वीट्जरल्याण्डसँगको खेल गुमाए ।

गएको सिजन उपविजेता भएको रियल मड्रिडले ला लिगाको यो सिजनका दुई खेलमा जित निकालेको छ । यस्तै उसले सेभिल्लालाई हराएर युरोपियन सुपर कपको उपाधि पनि जितेको छ ।

प्रतिकृया

प्रतिकृया