१ असोज,काठमाडौ । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा गत बुधबारदेखि इलाका प्रशासन कार्यालय सञ्चालन भएको छ । जिल्लाको उपल्लो मुस्ताङका ६ गाविसका नागरिकलाई लक्षित गरी इलाका प्रशासन कार्यालय सञ्चालन गरिएको हो ।

इलाका प्रशासन कार्यालय सञ्चालन भएपछि घमी, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप र सुर्खाङ गाविसका नागरिकले नागरिकता, राहदानी बनाउने लगायतका सुविधा त्यहीबाट पाउने भएका छन् ।

इलाका प्रशासन कार्यालय लोमान्थाङमा आयोजित कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कार्यालयको उद्घाटन गरेका थिए ।

प्रतिकृया

प्रतिकृया