९ असोज,काठमाडो । बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ ।

यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि नगरिएको खबर आजको कान्तिपुरमा वसन्तप्रताप सिंहले लेखेका छन्।

यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् ।

प्रतिकृया

प्रतिकृया