१० असोज,काठमाडौ । अर्धसरकारी स्वामित्वको गोरखाली रबर उद्योगका मजदुर पारिश्रमिकको लागि सरकार फेरिएपिच्छे मन्त्रालय धाउने गरेका छन् ।
उनीहरु विभिन्न नेताका साथ लागेर अर्थ र उद्योग मन्त्रालय धाउने गरेको खबर आजको कारोबारमा छापिएको छ। भूकम्पपछि बन्द रहेको उद्योगले श्रमिकलाई तलबसमेत दिन सकेको छैन ।

महिनौदेखि तलब नपाएपछि उनीहरु मन्त्रालय आउन बाध्य भएका हुन्।
रबर उद्योगका महाप्रवन्धक दिनेश बर्तौलाले श्रमिकलाई तलब खुवाउन १० करोड रुपैयाँ लाग्ने बताए।

अवकाश प्राप्त कर्मचारीको भक्ता तथा इन्सिेन्टिभका लागि ३ करोड लाग्छ।
धेरैजसो उद्योगमा कार्यरत कर्मचारी अवकाशमा जान चाहेका छन्। उद्योगका मजदुरहरु पारिश्रमिक नपाउँदा मन्त्रालय नै आउनु परेको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष ईश्वर परियारले बताए।

उद्योग मन्त्रालयबाट एक पटकलाई तलव खुवाउन स्वीकृत भए पनि अर्थ मन्त्रालयमा फाइल अड्किएको छ।

प्रतिकृया

प्रतिकृया