१० असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएल अन्तर्गत सोमबार भएको पहिलो खेलमा आरिफ शेखको अर्धसतकको मद्दतले पञ्चकन्या तेज विजयी भएको छ ।

पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले हराएको हो ।

कीर्तिपुर मैदानमा बिहान टस हारेर ब्याटिङ गर्न आएको पञ्चकन्याले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । १ सय ५५ रनको लक्ष्य पछ्याएको कलर्सले ८ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

पञ्चकन्याका लागि आशिफ शेखले ६० बलमा ६७ रन, शरद भेषावकरले ३९ बलमा ४० रन बनाए । यस्तै सञ्जय श्रेष्ठले १७ बलमा २४ रन बनाए । १ सय ५५ रनको लक्ष्य पछ्याएको कलर्सका लागि हरिशंकर शाहले ३० बलमा २५, ज्ञानेन्द्र मल्लले २१ बलमा २० रन साथै हिमांशु दत्तले २५ बलमा २८ रन र योगेन्द्रसिंह कार्कीले २४ बलमा २१ रन बनाए ।

पञ्चकन्याका करन केसी र शरद भेषावकरले ३-३ साथै दिपेन्द्र सिंह ऐरी र शुसिल कँडेलले १-१ विकेट लिए ।

प्रतिकृया

प्रतिकृया