१० असोज, विराजनगर। नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान संशोसनको विषयमा अन्य दलहरुसँग छलफल गर्नुपर्ने बताएका छन् ।

प्रेस युनियन मोरङद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताप्रति संवेदनशील हुनुपर्ने र यतिखेर संविधान कार्यान्वयनतर्फ बढी ध्यानकेन्द्रित गर्नुपर्ने दिए ।

उनले संविधान संशोधन गर्दा पुनः अस्थिरता आउनसक्ने भएकाले यस विषयमा नेतृत्व पक्षले गम्भीर भएर निर्णय गर्नुपर्ने बताए ।

उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली काँग्रेसले बिर्संदै गएकामा चिन्ता व्यक्त गरे ।

नेपाली काँग्रेसमा पछिल्लोपटक देखिएको गुट र उपगुटको राजनीतिले काँंग्रेसको भविष्य नै सङ्कटमा पर्न सक्ने भएकाले यसतर्फ पार्टी नेतृत्व सचेत र सजग हुनुपर्ने नेत्री कोइरालाको धारणा थियो ।

प्रतिकृया

प्रतिकृया