१४ असोज, काठमाडौं । नेपाल टेलिकमले टुला चाडवाडमा दिँदै आएको अफर यो बर्षको लागी पनि सार्वजनिक गरेको छ । चाडपर्वका अवसर पारेर कम्पनिले डेटा तथा भ्वाइस सेवामा छुटको अफर ल्याएको जनाएको छ । टेलिकमले भ्वाइस, डेटा, नाइट डेटा अफर, एसएमएस लगायत सबै सेवामा छुट सहितको अफर योजना ल्याएको हो ।

जिएसएम तथा सिडिएमएका प्रिपेड तथा पोटपेडका ग्राहकलाई दसैं, तिहार तथा छठसम्ममा डेटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरेको टेलिकमले जनाएको छ । दसैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भोल्युम बेस्ड तथा अनलिमिटेड एडिएसएलका ग्राहकहरुलाई समय थप गरिने भएको छ । वाइम्याक्स तथा फाइवर टु दि होमका ग्राहकको हकमा डेटा भोल्युम बाँकी भएको तर समयावधि सकिएको खण्डमा समय थप गरिने टेलिकमले जनाएको छ ।

जसअनुसार दसैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप हुनेछ टेलिकमले दशैँका लागि असोज १५ देखि २९ गतेसम्म र तिहारका लागि कात्तिक १२ देखि २१ गतेसम्मका लागि आफ्नो अफर सार्वजनिक गरेको हो ।

जसअन्र्तगत पाँच दिन अवधिको एक सय एमबीको डेटा ५० रुपैयाँमा र दश दिन अवधि रहेको दुई सय ५० एमबीको डेटा एक सय रुपैयाँमा उपलब्ध हुनेछ । उक्त अवधिमा डेटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने टेलिकमले जनाएको छ । टेलिकमले जिएसएम तथा सिडिएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा समेत हाल लागू रहेको महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । अफर अवधिभर प्रिपेड मोबाइलबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसा र पोस्टपेड मोबाइलबाट प्रतिमिनेट ९० पैसामा कल गर्न सकिनेछ ।

त्यस्तै जिएसएम तथा सिडिएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपैयाँ भएकोमा असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० पैसामा उपलब्ध हुने टेलिकमले जनाएको छ । जिएसएम प्रिपेड तथा सिडिएमए प्रिपेडमा एमपिओएस प्रणालीबाट सय रुपैयाँ वा सो भन्दामाथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ । त्यस्तै जिएसएम तथा सिडिएमए दुवैमा नाइट डेटा अफर पनि उपलब्ध हुने टेलिकमले जनाएको छ । यो सेवा राति १० बजेदेखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५ सय एमबी भोल्युमको अवधि सात दिन तथा ८५ रुपैयाँमा १२ सय एमबी डेटाको अवधि पन्ध्र दिनसम्म प्रयोग गर्न सकिनेछ । नाइट डेटा अफर असोज १५ देखि ३ महिनासम्म उपलब्ध हुनेछ ।

त्यस्तै टेलिकमले स्थानीय टेलिफोनमा थप एक सय कल निःशुल्क गरेको छ । कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा दुई सय रुपैयाँमा एक सय ७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोजदेखि सोही मूल्यमा एक सय लोकल कल उपलब्ध गराउने भएको हो ।

प्रतिकृया

प्रतिकृया