१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका पार्लमेन्टरी स्ट्याण्डिङ् कमिटीका सभापति तथा पूर्व परराष्ट्र मन्त्री डा. दिपु मुनीबीच आज भेटबार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूर्वमन्त्री मुनीले प्रधानमन्त्रीलाई २२ अक्टोवरमा हुने बंगलादेश अवामी लीगको राष्ट्रिय सम्मेलनमा आतिथ्यताको निम्तो दिएका थिए । पूर्वमन्त्री मुनीले नेपाल र बंगलादेश बीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ अगाडी बनाउनुपर्ने धारणा राखेकी थिईन् ।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल र बंगलादेश बीचको सम्बन्ध पुरानो र ऐतिहासिक रहेको भन्दै साझा मुद्धा र चुनौतिको मिलेर सामना गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीले नेपाल राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्न लागेको जानकारी दिँदै विकास र साझेदारीका लागि नेपाल र बंगलादेशले मिलेर काम गर्नुपर्ने भनाई राखेका थिए ।

प्रतिकृया

प्रतिकृया