१५ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएएल क्रिकेटमा शनिबार कलर्स एक्स फ्याक्टर्स र विशाल वारियर्स खेल्दैछन् ।

यो खेलको विजेता फाइनलमा पुग्ने भएकाले दुवै टीमका लागि यो खेल महत्वपुर्ण छ । शुक्रबार कलर्सले जगदम्बा राइनोजलाई हराउँदै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो भने महत्वपूर्ण खेलमा पञ्चकन्या तेजसँग हारेपछि विशालका लागि शनिबारको खेल जित्नैपर्ने भएको हो ।
४ मध्ये ३ खेल जितेको कलर्स अंक तालिकाको दोश्रो स्थानमा छ भने एक अंक कम भएको विशाल तेश्रो स्थानमा छ ।

यो खेल दिउँसो सवा १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । शनिबारको पहिलो खेलमा जगदम्बा राइनोज र सगरमाथा लिजेण्ड्स खेल्दैछन् । अहिलेसम्म कुनैपनि खेल जित्न नसकेको सगरमाथा अंक तालिकाको पुछारमा छ भने जगदम्बा पुछारबाट दोश्रोमा छ ।

प्रतिकृया

प्रतिकृया