१६ असोज, काठमाडौं । व्यवस्थापिका संसदका हरेक बैठकमा भाषाको विषय प्रवेश गर्न थालेको छ । आइतवारको संसद बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद दुलारी हरिजनले हिन्दी भाषालाई पनि राष्ट्रभाषा बनाउनुपर्ने भनि चलिरहेको बहसप्रति आपत्ति जनाइन् ।

उनले भनिन्, ‘हिन्दी भाषालाई पनि राष्ट्रिय भाषा बनाउनुपर्छ भनेर संसदमा सांसदहरुले कुरा उठाउनुभएको छ । त्यसो भए नेपाली भाषालाई भारतको राष्ट्रभाषा बनाउन पहल किन नगर्ने ? उनले दशैंका बेला भारतबाट नेपाल आउने नेपालीहरु सिमानामा लुटिने क्रम बढेको भन्दै सुरक्षा व्यवस्था मिलाउन माग गरिन् ।

शून्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको हित बिरोधी प्रस्तावमा हस्ताक्षर गराउन कांग्रेसको भूमिका रहेको भन्दै राष्ट्रघातको आरोपबाट कांग्रेस मुक्त नहुने बताए ।

उनले भारतले टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशमलाल चौधरीलाई योजनाबद्ध रुपमै दिल्लीमा प्रधानमन्त्रीसँग भेट गराएको आरोप समेत लगाए ।

प्रतिकृया

प्रतिकृया