१९ असोज,काठमाडौ । पछिल्लो समय राजनीतिक तथा सिमागत द्धन्द चुलिएको भारत पाकिस्तान विवादले वलिउडमा पनि तहल्का मच्चाईरहेको छ । पाकिस्तानी तथा पाकिस्तानी मुलका वलिउड कलाकारलाई समेत भारत छाड्न दिईएको दबाबले वलिउडमा हंगामा मच्चिरहेको छ ।

यो बीचमा सुपरस्टार सलमान खानले केहि दिन पहिले स्टेटमेन्ट दिँदै पाकिस्तानी कलाकारको पक्षमा बोलेका थिए भने उनिहरुलाई भारतबाट निकाल्न नहुने बोलेका थिए । सलमानले कलाकारितामा राजनीति मिसाउन नहुने भन्दै त्यो प्रकारको निर्णयको पक्षमा आफु नरहेको बोलेका थिए ।

सलमानको यो अभिव्यक्तीलाई लिएर वलिउड कलाकारमा समर्थन र विरोधको आवाजहरु बाहिर आईरहँदा अभिनेत्री कृति सनोन सलमानको पक्षमा उभिएकी छिन् । पछिल्लो पटक सार्वजनिक भिडियो सामग्रीमा कृतिले सलमानको पक्षमा आफु रहेको बोलेकी हुन् ।

प्रतिकृया

प्रतिकृया