२३ असोज,काठमाडौ । म्याथ्यु समुद्री आँधीका कारण हाइटीमा ज्यान गुमाउनेको संख्या ९ सय पुगेको छ । आँधी प्रभावित क्षेत्रमा ९० प्रतिशत भौतिक क्षति भएको सरकारी अधिकारीले बताएका छन् ।

आँधीका कारण बढी प्रभावित भएका केही क्षेत्रमा अझैसम्म स्थलमार्गबाट पुग्न सकिएको छैन । यसले गर्दा ज्यान जानेको संख्या बढ्न सक्ने सरकारी अधिकारीको भनाई छ । हाइटीको दक्षिणी क्षेत्रमा म्याथ्यु आँधीले बढी क्षति गरेको छ । हाइटीमा क्षति पु¥याएको आँधी बहमास हुँदै अहिले अमेरिका पुगेको छ ।

आँधी अहिले अमेरिकाको साउथ क्यारोलिनाको तटीय क्षेत्रमा छ । त्यहाँ आँधीका कारण तीब्र गतिमा हावा चलेको छ भने ठूलो पानी परेको छ । म्याथ्यु आँधीका कारण अमेरिकामा अहिलेसम्म १० जनाको ज्यान गएको छ । दक्षिण पूर्वी तटीय क्षेत्रमा रहेको आँधीका कारण साउथ क्यारोलिनामा बाढी आएको छ ।

आँधीका कारण विभिन्न क्षेत्रमा भूस्खलन भएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको र १० लाख भन्दा धेरै मानिस विद्युत सेवाबाट वञ्चित भएको अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया