७ कात्तिक, काठमाडौं । मंसुर खानकी छोरी तथा आमिर खानकी भतिजी जयान खान बलिउडमा पाइला राख्न तयार हुँदैछिन् । यतिबेला उनी अभिनय दक्षता बढाउने काम गरिरहेकी छन् ।

करण जौहरको ‘कपूर एण्ड सन्स’मा सहायक निर्देशकको भूमिका निभाई सकेकी यी युवतीले बलिउडमा आफ्नो स्थान बनाउन सफल हुने विश्वास गरिएको छ ।

आमिर खानले आफ्नै काका मंसुर खान निर्देशित फिल्म ‘कयामत से कयामत तक’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए । जसले बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

उनै मंसुरले आफ्नी छोरी वारे भन्छन् ‘मैले जयानलाई अभिनय भनेको फिल्ममा एउटा पात्रको भूमिका निभाउनु मात्र होइन । त्यसैले उनी कुनै भ्रममा छैनन् र फिल्म उद्योगमा आफ्नो गोरेटो आफै खन्न सक्छिन् ।’

प्रतिकृया

प्रतिकृया