८ कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड तिहारका अवसरमा हुने देउसी भैलो कार्यक्रम राति १० बजेभित्र सम्मन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको बिज्ञप्तिमा तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम सम्बन्धित घरधनीको सहमतिमा बढीमा राति १० बजेसम्ममात्र खेलिसक्न आग्रह गरिएको छ । अन्याथा प्रहरीले कारबाही गर्ने बिज्ञप्तिमा उलेख छ । कारबाहीबाट बच्नकालागि देउसी टोलीले राति १० बजेभित्र देउसी खेलिसक्नु पर्ने हुन्छ ।

साथै प्रशासन कार्यालयले तिहार र छठको अवसरमका गरिने अतिशबाजी, पटाका, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयत, बिक्री र प्रायेगमा पूर्ण प्रतिबन्ध लगाइएकाले त्यसको प्रयोग नगर्न सर्वसाधारणलाई सुझाएको छ ।

प्रतिकृया

प्रतिकृया