११ कात्तिक,काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको धधवार–६ बनगाई चोक नजिक बुधबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ । एकजना घाइते भएका छन् ।

ना ६ ख ६२६७ नम्बरको ट्रकले रा १ प ७८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धधवार–३ कर्तनियाका २१ वर्षका अर्जुन थारु र २३ वर्षका प्रदिप थारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मोटरसाइकलमा तिन सवार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार धधवार–३ कर्तनिया का २३ वर्षका सञ्जय थारु घाइते भएका छन् । उहाँको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया