गायक सागर राईको तिहार सम्बन्धि नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ।

नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक “वर्ष दिनको”  बोलको उक्त गीतमा शब्द सुस्मिता लिम्बु , संगीत सागर राई र कुमार थापाको एरेन्ज रहेको छ।

भिडियोलाई चर्चित निर्देशक बिशाल गुरुङले निदेशन गरेका छन्  भने छायांकनपनि उनकै रहेको छ ।

भिडियोमा नारायण, पूनम, हर्क, राजेन, ईमोन र जशुको अभिनय रहेको छ भने पूनम, निशा, बबिता, मोना, मोबिन, भिम, उमेश, त्रिदेव, अस्मिता, संगित, पासाङ र टिकाको सामूहिक नृत्य रहेको छ ।

एबि ड्रिम्स् क्रियशनको प्रस्तुति रहेको भिडियोमा  कमल राईको सम्पादन रहेको छ ।

प्रतिकृया

प्रतिकृया