१ मंसिर,काठमाडौ । सरकारले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । व्यक्तिगतरुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् । उनी सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष हुन् । आन्तरिक राजस्व विभागले आज राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदाताहरुलाई समान गरे । बढी आयकर तिर्ने सूर्य नेपाल ,जसमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सूर्य नेपाल प्रालि भएको छ ।

सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता डाबर नेपाल र सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा युनिलिभर प्रालि समानित भएका छन् ।15135512_1214660658589967_342988697_n

त्यस्तै कृषि तथा पशुपंक्षीतर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा ओम फिड इन्ट्रष्ट्रिज पनि उत्कृष्ट करदाताबाट समानित भएको छ ।

यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंक, लघुवित्त तर्फ छिमेक लघुवित्त विकास बैंक सम्मानित भएको छ ।  छिमेक लघुवित्त बैंकको तर्फबाट सिइयो रामचन्द्र जोशीले सम्मानपत्र प्राप्त गरेका छन ।  र बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

यसैगरी वीमातर्फ लाइफ इन्सुरेन्स कर्पोरेशन, रेमिटेन्स तर्फ आइएमइ र पर्यटन तर्फ तारागाउँ होटल लिमिडेट समानित भएका छन् । सेवातर्फ सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम पनि सम्मानित भएको छ ।

त्यस्तै व्यापारतर्फ सिप्रदी ट्रेडिङ पनि उत्कृष्ट करदाताबाट समानित भएको छ । ५ करोडसम्मका साना करदातामा साङ्ग्रिला इनर्जी लिमिटेड र ५ करोडदेखि ४० करोडसम्म मझौला करदाताको रुपमा शिवेक हस्पिटल समानित भएका छन् ।

प्रतिकृया

प्रतिकृया