४ मंसिर,काठमाडौ । रोटयाक्ट नेपाल डिष्ट्रिक्ट ३२९२ को आयोजनामा मंसिर ४ गते र ५ गते (शनिबार र आइतबार) देशव्यापी रुपमा रक्तदान गर्नेभएको छ । स्व. रोटयाक्टर सचिन कुमार श्रेष्ठको सम्झनामा तेस्रो सशीन मेमोरियल रक्तदान कार्यक्रम आयोजना हुन लागेको रोट्रयाक्ट नेपालले जनाएको छ । आइतबार काठमाडौ विश्वविद्यालय  र नेपाल कर्मश क्याम्पसमा रक्तदान हुनेछ ।

रोटयाक्ट नेपाल डिष्ट्रिक्ट ३२९२ ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई दिन एकै समयमा देशका विभिन्न २७ वटा स्थानमा रक्तदान हुन लागेको जानकारी दिएको हो

। रक्तदान कार्यक्रममा रोटयाक्ट नेपालमा आवद्ध ८७ वटा क्लब सहभागी हुनेछन् । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान आयोजना हुन लागेको हो । यस वर्ष २ हजार पेन्ट्स ब्लड संकलन गर्ने लक्ष्य राखिएको छ । गत वर्ष १ हजार ५ सय ४० पेन्ट्स रगत संकलन गरिएको थियो ।

समाजमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । “रक्तदान जीवन दान” भन्ने मर्मलाई मनन् गर्दै आफूलाई पाएक पर्ने स्थानमा शनिबार र आइतबार रक्तदान गर्न सबैमा अनुरोध गरिन्छ ।

रक्तदान हुने स्थानहरुः

उपत्यका बाहिरः विराटनगर, विर्तामोड, बुटवल, दमौली, धरान, हेटौडा, इटहरी, काकडभिट्टा, लेखनाथ, लम्जुड, नारायणगढ, पोखरा, तुल्सीपुर, काठमाडौं विश्वविद्यालय, बनेपा ।

उपत्यका भित्रः मैतिदेवी (ट्वीटर वल्र्ड स्कुल), बालुवाटार (नेशनल कलेज), स्वयम्भू (भगवान्पाउ), चावहिल (रिलायन्स कलेज), न्यूरोड (भुगोलपार्क), अनामनगर (लिबर्टि कलेज), मिनभवन (नेपाल कमर्स क्याम्पस), भक्तपुर दरबार क्षेत्र, ठिमी ।

प्रतिकृया

प्रतिकृया