११ मंसिर,काठमाडौ । बेनी–जोमसोम सडकखण्डमा मंगलबार राती देखी बेपत्ता भएको ग २ प ३६६० नम्वरको बोलेरो जीप र चालक अझैसम्म पनि भेटिएका छैनन् । जीप र चालकको खोजीकार्यका लागि शुक्रबार शसस्त्र प्रहरीको गोताखोर टोली झिकाएर खोजी कार्य गरिएको छ ।

तीन दिनदेखि लगातार खोजीकार्य गरिए पनि जीप र सवारीचालक रमेश खड्काका बारेमा पत्ता लागेको छैन। दुर्घटनास्थलमा केही चाउचाउका पोका भेटिएपछि दुर्घटनास्थल आसपासका क्षेत्रमै जीप भएको अनुमान गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए।

गोताखोर टोलीसँग समन्वय गरी खोजीकार्य गरिएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गैरहेको खड्का जीप सहित सम्पर्क विहिन भएपछि खोजीकार्यको क्रममा कालिगण्डकी नदीमा त्रिपाल भेटिएको थियो।

चालकसहित जीप हराएको खबर आफन्तले प्रहरीमा गरेपछि प्रहरी र स्थानीयले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजतलास गरिरहेका छन्। खोजी गर्दा भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बिचमा त्रिपाल भेटिए पनि सवारी तथा चालक नभेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए।

प्रतिकृया

प्रतिकृया