१७ मंसिर,काठमाडौ । एसिसी एसिया कप महिला क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले अहिले भारतसँग खेलिरहेको छ ।

बैंककमा सुरु खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले प्रतियोगितामा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।

बिहीबार थाइल्याण्डसँग ८ विकेटले हारेको नेपाल यस अघि पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो । अहिलेसम्मको प्रदर्शनका आधारमा नेपाल प्रतियोगिताकै कमजोर टीम देखिएको छ ।

प्रतिकृया

प्रतिकृया