१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा फरक मत राख्ने विधि र प्रक्रियालाई नेकपा एमालेले मिचेको बताएका छन् ।

बैठकको कार्यसूचीमा नभएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध पार्नु हठ प्रवृत्ति भएको उनले टिप्पणी गरे ।

शुक्रबार संसद बैठकबाट बाहिरीने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले विगतमा मधेस केन्द्रित दलहरुलाई संसदमा आएर आफ्ना कुरा राख्न र छलफल गर्न आग्रह गरेको एमालेले नै संसोधन प्रस्ताव संसदमा प्रवेशै गर्न रोक लगाउनु गलत भएको बताए ।

एमालेले संसद अवरुद्ध गर्दा मधेसवादी दलहरुलाई फेरि पनि सडक संघर्षमा जान बाध्य पारिएको सन्देश गएको थापाको भनाइ छ ।

सरकारले गत बुधबार दर्ता गराएको संविधान संशोधनको विधेयकमाथिको छलफल हुने कार्यसूची तयार नहुँदै एमालेले दुई दिनदेखि लगातार संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया