१९ मंसिर,काठमाडौ ।  स्वर सम्राट नारायण गोपालको २६ औ स्मृति दिवस आईतवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
nar1
नेपाली गीत, संगीत क्षेत्रका शिखर पुरुष नारायण गोपालको २६ वर्ष अघि २०४७ साल मंसीर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।
नारायण गोपाल नेपाली सांगितिक क्षेत्रका सर्वाधिक सफल गायक हुन् । नारायण गोपालले एउता मान्छेको मायाले, मत लालि गुराँस भएछु, मलाई नसोध कहाँ दुःखछ घाउ, मोहनी लाग्ला है जस्ता सयौ कालजयी गित गाउनु भएको थियो ।
nar2
नारायण गोपालले २०३६ सालमा सांँस्कृतिक संस्थानको महाप्रवन्धकको जिम्मेवारी पनि निभाउनु भएको थियो ।
यसैबीच यस वर्षको नारायण गोपाल स्मृति सम्मान गायिकाद्धय ज्ञानु राणा र मीरा राणालाई प्रदान गरिएको छ । नेपाली गित संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत उनीहरुलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।
nar3
महाराजगंजस्थित नारायण गोपाल संगित कोषको कार्यालयमा एक कार्यक्रम गरी दुवै गायिकालाई सम्मान गरिएको हो । कोषले नारायण गोपालको निधन पछि नेपालको गित संगितको क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान गर्दै आएको छ ।
nar4

प्रतिकृया

प्रतिकृया