१९ मंसिर, चेन्नई।   फिल्मको बजेटका कारण रजनीकान्त तथा अक्षयकुमार अभिनित फिल्म ‘२.०’ हाल सर्वाधिक चर्चाको विषय बनेको छ। फिल्मको पोस्टा तथा छायाँकनको काम एकसाथ चलिरहेको छ।

यस्तै फिल्मको क्लाइमेक्स एक्सन दृश्यको सुटिङका दौरान सुपरस्टार रजनी घाइते बनेका छन्। उनलाई बायाँ खुट्टा चोट लागेको छ। घाइते रजनीलाई चेट्टिनाद अस्पताल लगेर उपचार गरिएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। उनी सुटिङका दौरान लडेपछि घाइते हुन पुगेका हुन्।

सामान्य चोट लागेकाले हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ। रजनीकान्त घाइते भएको पुष्टि फिल्म निर्माण युनिटले हालसम्म गरेको छैनन्।

प्रतिकृया

प्रतिकृया