२६ मंसिर,  म्याड्रिड।  स्पेनको अदालतले कर छलीको मामिलामा रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको सम्पत्ति माथि छानवीन अगाडि बढाउने भएपछि उनका एजेन्टले विदेशमा भएको सम्पत्ति सार्वजनिक गरेका छन्।

रोनाल्डोका एजेन्ट जर्जे मेन्डिस, जो गेस्टीफुट एजेन्सी सञ्चालन गर्ने गर्छन। यही मार्फत सार्वजनिक गरिएको रिपोर्टमा स्पेनबाहिर रोनाल्डोको सम्पत्ति करिब २३ अर्ब १० करोड रुपैयाँ देखाइएको छ। उनको यो सम्पत्ति गत वर्षसम्मको हो।

जर्जेको एजेन्सी गेस्टीफुटद्धारा सार्वजनिक वक्तब्यमा रोनाल्डोले कुनै करछली नगरेको र करको विषयमा स्पष्ट रहेको बताएको छ। उसले विदेशमा भएका धनहरूको विषयमा र करको दायरालाई पूर्ण पालना गरिएको बताएको छ।

प्रतिकृया

प्रतिकृया