१ पुस, काठमाडौं । बोक्सीको आरोपमा कुटपिटपछि हत्या गरिएकी काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारको शरीरभरि एकैनासका चोटपटक भेटिएको छ ।

मृत्युको सातौं दिनमा भएको पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु अन्य केहि कारणले नभई कुटाइबाट भएको देखिएको छ ।

३३ बर्षीया लक्ष्मीलाई स्थानीय शिक्षक हिरा तामाङको नेतृत्वमा अघिल्लो साताको मंगलबार नाम्लोले बाँधेर कुटपिटसहित मलमुत्र खुवाइएको थियो ।

पोष्टमार्टम रिपोर्ट उनका मृतकका छोराले दिएको बयानसँग मिलेको छ ।

प्रतिकृया

प्रतिकृया