बीपी कोइराला भारत – नेपाल फाउन्डेसन (बीपीकेएफ) र भारतीय सांस्कृतिक केन्द्र (आईसीसीे) को आयोजनामा भारतीय संविधानको बिशेषताका सम्बन्धमा कार्यक्रम सम्पन्न भएको छ ।

भारतको संविधान निर्माणमा योगदान दिएका अम्बेडकरको जन्म वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भारतको संविधान न्याय, सामाजिक आर्थिक र राजनीतिक बिषयबस्तुका लागि अनुसरणीय रहेको बताईएको छ ।

विचार, अभिव्यक्ति, स्वतन्त्रता, समानता र समावेशितासंगै आर्थिक विकासका लागि समेत भारतको संविधान मार्गदर्शन बन्न सक्ने औँल्याईयो । सन १९५० मा गरिएको संसोधनसंगै संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकका रुपमा रहेको र आर्थिक व्यवस्थामा चाँडो फड्को मारिरहेको समेत उल्लेख गरियो ।

राजदूत रञ्जित रायले भारतको संविधान, अम्बेडकरको योगदानबाट नेपालले समेत पाठ सिक्नुपर्ने बताएका छन् । न्यायाधीश गिरिशचन्द्रलाल, प्राध्यापक सूर्य ढुँगेल, परराष्ट्रबिज्ञ निश्चल पाण्डे लगायतले समेत बोलेका छन् ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय शँकर नायक प्रमुख अतिथी रहेको कार्यक्रममा अम्बेडकरलाई लोकतन्त्र, न्याय, समानता र स्वतन्त्रताको प्रतिकका रुपमा चित्रण गरियो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका १ सय ५० बढी ब्यक्तित्वहरुको सहभागिता रहेको छ ।

प्रतिकृया

प्रतिकृया