४ पुस, बारा । तराई मधेश लोकतान्त्रीक पार्टी तमलोपामा विभिन्न पार्टीबाट पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको छ ।
गत मंसिर १ गतेदेखि यहि पुष १५ गतेसम्म चल्ने ‘जनताबिच तमलोपा अभियान’मा आज बारा क्षेत्र नँ २ वसन्तपुरमा गरिएको पार्टि प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टिका नेता सहित ८४ जनाले पार्टि प्रवेश गरेका छन् ।

पार्टीका केन्द्रिय सदस्य डा. सुरेन्द्र कुमार झाको प्रमुख आतिथ्यता तथा बारा क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष मिस्रीलाल सहनीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टी केन्द्रिय सदस्य जितेन्द्र सिँह, श्याम गुप्ता, सुरेन्द्र तिवारी तथा तमलोपा बाराका अध्यक्ष नवल किशोर सिँह लगायतकाको उपस्थिती रहेको थियो ।

15595644_1480926485254276_938585089_o

सो कार्यक्रममा सहभागी भई नेकपा एमाले बारा क्षेत्र नं २ का सचिव राम निवास शाह, एमाले बारा काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष राम विलास महतो, राजेश शाह, नेपाली काङ्ग्रेसका गजुर सहनी, मोहनलाल शाह, त्यस्तै माओवादि केन्द्रका विरेन्द्र प्र कुशवाद, कृष्ण सिँह, सद्भावनाबाट वैद्यानाथ प्र. पाल लगायत ८४ जनाले पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा. सुरेन्द् कुमार झाले एमाले अध्यक्ष वली राज्यमा साम्प्रदायिक द्धन्द ल्याउन उद्धत रहेको तथा मधेशी जनताको वलीदानीलाई समाप्त पार्ने कार्यमा लिप्त रहेको दाबी गरेका छन् ।

15645551_1480931045253820_1122199914_n
उनले भने ‘सँविधान सँशोधन विधेयक सँसदमा चल्न नदिई प्रतिपक्षी दलले गैरलोकतान्त्रीक कार्य गरेको तथा मधेशको सवालमा नेपाली काङ्ग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको डिएनए एउटै भएको देखिन्छ । त्यसैले गर्दा सँविधान सँशोधन विधेयक थाती राखी निर्वाचनमा तिन दलले अनौपचारीक सहमत गरेको देखिन्छ ।’ तर मधेशको मुद्दाहरु सँशोधन नहुन्जेलसम्म नेपालमा कुनै निर्वाचन नहुने दाबी समेत गरेका छन् ।

15645117_1480926825254242_289227956_n
यसैक्रममा डा. झा ले एमालेले गरेको सडक आन्दोलन तथा सँसद अबरोध गर्नुको कुनै औचित्य नरहेको दोहोर्याउँदै मधेशविरोधी भएका षड्यन्त्रहरु बिच सँङ्घर्ष गर्नका लागि तयार रहन कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

प्रतिकृया

प्रतिकृया