५ पुस, रूपन्देही । सिमाङ्कनको बिरोधमा आन्दोलनका कारण बन्द भएको २० औ दिनमा खुलेको पश्चिमका जिल्लाहरु फेरि बन्द भएको छ न् ।

युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको बिरोधमा रुपन्देही, गुल्मी र अर्घाखाँची फेरि बन्द भएको हो ।

अखण्ड ५ नम्बर प्रदेशको आन्दोलनमा रुपन्देहीमा युवाहरुको नेतृत्व गरेका तिवारीको हत्या भएपछि पुनः बन्दको आहृवान गरेको वताइएको छ । बन्दको नेतृत्व युवासंघले गरेको छ ।

बन्दकर्ताहरुले मंगलबार बिहानैदेखि रुपन्देही, गुल्मी र अर्घाखाँचीको बजार बन्द गराउदै हिडेका छन् । बन्दका कारण त्यस क्षेत्रका नागरिकको दैनिकी प्रभावित भएको छ । बन्दका कारण पसल, उद्योग, कलकारखाना, शिक्षण सस्था, ब्यापार ब्यवसाय ठप्प छ । कुनै पनि सवारीका साधनहरु चलेका छैनन् ।

प्रतिकृया

प्रतिकृया