-शेखर ढुङ्गेल


              सुन्दा अचम्म लाग्छ हाम्रो देश नेपाल त्यस्तो देश हो जुन देश मा स्वदेशी नागरिक वाक्क दिक्क भएर देश बाहिर निस्कंछन अनि बिदेशी रमाउदै पस्छन अनि स्थापित भएर बस्छन । समाचारमा सुनिन्छ दैनिक ५००/ ८०० नेपाली बैदेशिक रोजगारको लागि उड्ने गर्दछन । सिमा पारि भारत पैदल जानेको हिसाब अझै जोडिएको छैन ।

अनि हाम्रो देशमा हिजो भारत बिहारी मात्र सहज प्रवेश गर्ने गर्दथे अब त् पन्जाब, उडिसा, कास्मिर देखि कामको लागि आउने क्रम चलेको छ । त्यति मात्र होइन चिन, बंगलादेश, अफगानिस्तान, श्रीलंकन अफ्रिकन अनि रसियनहरुको लागि समेत उर्बर भुमि बनेको छ नेपाल, तर हामी नेपालीको लागि उराठ प्रतिकुल भएको छ । केहि युरोपेली देशका नागरिकहरुको लागि पनि बिभिन्न बहानामा नेपालमा नै डलर छाप्ने उर्बर भुमि भएको छ ।

बिगत दशकदेखि बाहिरिने मानसिकताले माहमारीकै रुप लिएको छ । पहाडका गाउ घरमा अब त् मात्र बुढाबुढीहरु बाँकी रहेका छन । गाउघरमा खेति गर्न र बाली भित्र्याउन बिहार र उडीसाबाट आएका भारतीयहरुले ठेक्का लिन थालेका छन् । हाम्रा गाउ घरका जग्गा भाडामा लिएर सब्जी खेति गर्न थालेका छन् ।

नेपालमा बार्षिक अर्बौको कवाडीको ब्यबसाय गर्ने भारतीय नै छन् आश्चर्य त् त्यस बेला लाग्दछ एउटा गाउको किसानको छोरो अरबमा महिनाको १२/१५ हजार नेपाली कमाउन पुगेको छ तर यता आफ्नो खेत बारीको बालि भित्र्याउन उडिसा र बंगालीले १०र१२ हजारमा ठेक्का लिन थालेका छन् । बैदेशिक रोजगारबाट रेमिटेन्स भित्रिएको कुरो गर्छौ तर त्यहि रकम विदेशीले बाहिर पुर्याएको हिसाब गर्न बिर्सन्छौ। स्मरण रहोस नेपालको होटेल ९पर्यटन० ब्यबसाय क्षेत्रमा मात्र बिसौ हजार दक्ष कामदार भारतीय छन् । नेपालको आर्थिक नीति निर्माणमा भारतिय मुलका ब्यबसायीहरुको प्रभाब छ ।

तराइमा मात्र प्रकोप होइन उपत्यकाको घर घरमा बिदेशीको बास छ । सडकमा हेर्नुस कपाल काट्ने बिदेशीहरुको बाहुल्य छ । बार्षिक ३७ अर्बको तरकारीको कारोबार उनिहरु नै गर्छन बार्षिक । १ खर्ब ४५ अर्बको मासुजन्य ब्यापार उनिहरु नै गर्छन अनि ५५ अर्बको फलफूलको ब्यापार उनिहरु नै गर्छन । चक्रपथ वरिपरी घुम्नुस, कालिमाटी ठमेल घुम्नुस, चिनिया र भारतीयको प्रतिस्पर्धा देख्नु हुन्छ । इन्द्रचौक असन महाबौद्ध मासानगल्लि घुम्नुस त्यहाँ दिल्लीको चाँदनी चोकको झलक देख्नु हुन्छ ।

स्थानीय नेवारहरु अल्पमतमा परि सकेका छन् । उनिहरु (बुढाबुढी) कि त् चक्रपथ पारि कि घर बनाएर बसेका छन् कि त् (सन्तानहरु) विदेश पलायन भैसकेकाछन । भने अर्को तिर बिगतको जनयुद्धको कारण आफ्नो पहुँच र सामर्थ्यमा अमेरिका बेलायत युरोप लगायतका देशमा पुगेका आफ्ना नागरिकहरु जो देशको द्वन्दको कारण बिस्थापित भएका छन् उनिहरुलाइ सरकार स्वयम् शरणार्थी घोषणा गर्छ र तिनिहरुलाइ नेपालको राहदानी दिन्न भन्छ ।

आफ्ना नागरिकलाइ जबर्जस्ति बिदेशी नागरिकता लिन अभिप्रेरित गर्छ, तर त्यहि राज्यका कर्मचारी पैसा लिएर बंगाली श्रीलंकाली अफगानी समेतका बिदेशीलाइ नागरकता बेच्छ नेपाल सरकारले यस्तो अविवेकशिल र अनैतिक सोच पालेको छ व्यवहार पालेको छ । अर्थात् स्वदेशीलाइ लखेट्ने बिदेशीलाइ स्वागत गर्ने प्रवृतिलाइ स्थान दिएको छ ।

नेपालमा अहिले बिदेशीको जनसंख्याको प्रकोप मात्र होइन सास्कृतिक धार्मिक र कलामा समेत महामारी रुपमा अतिक्रमण र स्थापित गर्ने काम भै राखेको छ । हाम्रो रोदीघर तामाङसेलो र अन्य गित संगीतको ठाउमा मुजुरा र कवालिले टोल टोल थर्काउँन थालेको छ । गुन्यूचोली र कछाडले शरीर छोडेर एक टुक्रे दुइ टुक्रे छोटो कपडाको नृत्य हाम्रो सस्कार बन्दैछ । शहरमा हलाल मासुको माग बढेको छ अर्थात अरब मुलुकमा काम गरेर फर्कनेहरु धेरैले मुस्लिम धर्म अपनाएको पाइएको छ ।

शहर बजारको व्यापारिक विज्ञापनको होर्डिंग बोर्डमा नेपाली भन्दा भारतीय कलाकारका फोटोले प्राथमिकता पाएको छ । मुलधारका छापा र टिभीमा हाम्रा नेपाली कलाकार होइनन उही बिदेशी कलाकारको अनुहारमा नेपाली बोलि बोलाइएकोछ् । आफ्नो देशका कलाकारहरुलाइ बेवास्ता र अबमुल्यन गर्दै अनेक कार्यक्रमको उदघाटनमा बिदेशी कलकारलाइ बोलाउने होडबाजी चलेको छ र देशबाट करौडौ रकम बिदेशीलाइ बुझाउन हाम्रो प्रतिस्प्रर्धा छ । कमिज सुरुवाल सिलाउने बेरोजगार भएका छन् तर पठान सुटमा लाखौ बिदेशिदै छ । हाम्रो जनै पुर्णिमा वा रक्षा बन्धन अहिले राखी पुर्णिमा भै सकेको छ । हाम्रो तिहारपर्ब दिपावली भएको छ । परम्परागत देउसी भैलो गित पपरकमा परिमार्जित गरिसकिएको छ ।इन्द्रचोक आज चादनी चोक जस्तो भएको छ ।

यसरि क्रमश नेपाली बाहिरिने र बिदेशी भित्रिने स्थापित हुने बिहेवारी गर्ने सन्तान जन्माउने ब्यबसायहरु कब्जा गर्ने क्रमले नेपालको मौलिक साँस्कृतिक ,सामाजिक धार्मिक एबम कला बिस्थापित हुदै मात्र छैन नेपाल नै बिस्थापित हुने सम्भावना बढ्दै गएको महसुस हुन्छ । अब आएर नेपाली गाउ शहर बजारमा नेपाली रुपिया भन्दा भारतीय रुपियाको उपलब्धि सहज हुन थालेको छ ।

नेपालका राज्य संचालकहरु आफ्ना नागरिकलाइ स्वदेशमा नै रोजगारी दिलाउने बिदेश जान न्यूनीकरण गर्ने योजना बनाउनुको साटो नया नया बैदेशिक रोजगार दाताको खोजि गर्छन । सांसदहरु मानब तस्कर गर्छन । मानब तस्कर मन्त्रि बन्छन राज्य स्वयम् मानब ब्यापार गर्छन मानब बेच बिखनको नीति नियम बनाउछ । यस्तो अविवेकी र अमानविय मानसिकताको राज्य यो दुनियामा कहाँ होला ? यस्तो अबस्थामा हाम्रो मौलिकता को संरक्षण गर्न प्रवासी नेपालि हरु घर फर्किने ,जन्मथलो को सेवा गर्ने सन्तान लाइ नेपालि मौलिक संस्कृतिको बारेमा जानकारी गराउने र स्वस्फुर्त रुपमा स्वदेश फर्कन्छन भने प्रोत्साहित गर्नु पर्छ ।

प्रतिकृया

प्रतिकृया